काठमाडौँ, १६ वैशाख । प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेसको अनुशासन आयोगले राष्ट्रिय जागरण अभियानका क्रममा पार्टी नेतृत्वको आलोचना गर्न ‘बन्देज’ लगाएको छ । आइतबार अनुशासन समितिले अभियानका क्रममा पार्टी हित विपरित काम कारवाही एवं अभिव्यक्ति दिएमा अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ । अनुशासन समितिका सभापति भीष्मराज आङदाम्बेले भन्नुभयो, ‘जागरण अभियान पार्टीलाई मजबुत बनाउन हो ।…