काठमाडौँ, १५ वैशाख । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निष्ठावान र इमान्दार व्यक्तिले हार्ने र पैसावालाले चुनाव जित्ने अवस्थाको अन्त्य गर्ने दाबी गर्नुभएको छ । मनोहरा विद्यानगर सेवा समाजले शनिबार काठमाडौँमा आयोजना गरेको अभिनन्दन समारोहमा प्रमुख आयुक्त थपलियाले निर्वाचन प्रणालीलाई निष्पक्ष र सबैले विश्वास गर्ने बनाउने विषयमा नै आफू प्रयत्नशील रहने बताउनुभएको हो ।…