भक्तपुर, २१ बैशाख । राष्ट्रिय क्षयरोग केन्द्र मध्यपुरथिमी भक्तपुरका निर्देशक डा. भिम सिंह तींकरीको कार्यकक्षमा युवा विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् । क्षयरोग केन्द्रदेखि शंखधर चोकसम्म अरनिको राजमार्गको सर्भिस ट्रयाक क्षयरोग केन्द्रले निमार्ण गर्न नदिएको भन्दै शुक्रबार निर्देशकको कार्यकक्षमा तालाबन्दी गरिएको हो । अरनिको राजमार्ग सरसफाई कार्यक्रम सर्भिस ट्रयाक निर्माण गर्ने र सो कार्य गर्दा…