कात्तिक १०, काठमाडौं । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल र चीनका रक्षा मन्त्री वेइ फेङ्बीच भेटवार्ता भएको छ । भेटमा नेपाल र चीनबीचको परम्परागत सम्बन्धलाई थप प्रगाढ र गतिशील बनाउने विषयमा छलफल भएको छ । पोखरेलले चीनका केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष महामहिम सु छियालिङ्ग र रक्षा मन्त्री वेइ फेङ्सँग छुट्टा छुट्टै शिष्टाचार भेट गरेका…