असोज १२, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा’बादल’ र भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धमेन्द्र प्रधानबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्तामा गृहमन्त्री थापाले नेपालको हरेक क्षेत्रमा भारतले गर्दै आएको सहयोग सराहनीय रहेको भन्दै आगामी दिनमा समेत सहयोगको निरन्तरताका लागि आग्रह गरेका छन । भारतीय मन्त्री प्रधानले नेपाल र भारतबीच सामाजिक, आर्थिक, सांस्कृतिक हरेक क्षेत्रमा…