लमजुङ, २७ फागुन । जिल्लाको विभिन्न गाउँमा न्याउरी मुसाले पशु चौपायलाई आक्रमण गर्न थालेपछि सर्वसाधरण त्रस्त बनेका छन् । लमजुङका विभिन्न गाउँमा रेबिज सङ्क्रमित न्याउरीमुसाले दर्जनौं पशु चौपायलाई टोकको र केही चौपाय मरेकाले सर्वसाधरण त्रस्त भएका जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख डा लक्ष्मणबहादुर ढकालका अनुसार तीन वर्षयता जिल्लामा रेबिज सङ्क्रमित न्याउरी मुसाको…