काठमाडौँ, १८ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाभियोग लगाउने विषयप्रति असहमति जनाउँदै सरकारबाट फिर्ता हुने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले महाभियोगको विपक्षमा तथा संविधान संशोधनको प्रस्तावलाई समर्थन गर्ने निर्णय गरेको छ । पार्टीका केन्द्रीय सदस्य राजाराम श्रेष्ठका अनुसार स्थानीय तहकोे निर्वाचन सुनिश्चित गर्न भूमिका निर्वाह गर्ने…