सरकारले संविधान दोस्रो संशोधन प्रस्ताव संसद्मा पेस

काठमाडौँ, ११ वैशाख । सरकारले ‘नेपालको संविधान दोस्रो संशोधन, २०७३’ व्यवस्थापिका–संसद् बैठकमा प्रस्तुत गरेको छ । सरकारका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले संसद्को आजको बैठकमा सो संशोधन प्रस्ताव प्रस्तुत गर्दै संविधान कार्यान्वयन प्रक्रिया सरलीकृत बनाउन र संविधानको सर्वस्वीकार्यता बढाउन संविधान संशोधन ल्याइएको बताउनुभयो । संविधान कार्यान्वयन गरी निर्वाचनमा सबैलाई सहभागी हुने र…