काठमाडौँ, १५ साउन । राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले मुलुकमा बढ्दै गएको साम्प्रदायिक दङ्गा नियन्त्रण गरी सामाजिक सद्भाव कायम गर्न सरकारसँग माग गरेका छन् । आज सिंहदरबारमा प्रधानमन्त्रीसँग भएको भेटवार्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महतोले मधेस लगायतका क्षेत्रमा फैलिएको अशान्ति रोक्न राज्यले समयमै ठोस कदम चाल्नुपर्नेमा जोड दिएका हुन् । भेटका क्रममा महतोले सुनसरी र…