कुलमान हटाएको विरोधमा संसद् अवरोध गर्ने विपक्षीको निर्णय

काठमाडौँ, १३ चैत । विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अपमानपूर्वक हटाएको भन्दै प्रतिनिधि सभा बैठकमा सशक्त विरोध गर्ने भएका छन् ।  आज बिहान सिंहदरबारमा बसेको विपक्षी दलको बैठकले प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरोध गर्ने निर्णय गरेको रास्वपाका सन्तोष परियारले जानकारी दिए ।  उनले भने, ‘विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अपमानजनक ढङ्गले…