काठमाडौँ, ३ असोज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन सबै राजनीतिक दल, नागरिक समाज र आम जनतालाई एक ढिक्का भएर अगाडि बढ्न आह्वान गरेकी छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ का अवसरमा पूर्वराष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै उनले वि.सं. २०७२ साल असोज ३ गते जननिर्वाचित संविधानसभाबाट जारी…