काठमाडौँ, २३ जेठ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले अब सुशासन, स्वस्थ प्रतिस्पर्धा र डिजिटलीकरणमार्फत सेवा प्रवाहमा व्यापक सुधार गरिने बताएका छन् । नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको अर्थ–राजनीतिमा देखिएको संस्थागत तथा नीतिगत कब्जाको अध्याय अन्त्यतर्फ पुगेको दाबी गरे । मन्त्री वाग्लेले विगतमा केही सीमित व्यक्ति वा समूहको प्रभावमा रहेका राजनीतिक,…