काठमाडौँ, १९ मंसिर । काठमाडौँ महानगरपालिकाले तीन जना बालबालिकाको उद्धार गरेको छ । घरमा सौतेनी बाबुबाट असुरक्षित रहेको भन्ने सूचना पाएपछि उनीहरूको उद्धार गरिएको महानगरपालिकाले जनाएको छ । महानगरको बाल उद्धार कार्यदल, बालबालिका खोजतलास सेवार बाल हेल्पलाइनसहितको संयुक्त टोलीले एक बालिका र दुई बालकसहित तीन जनाको उद्धार गरेको हो । कक्षा ६ मा अध्य्यनरत ११…