विपद् व्यवस्थापनमा एआई र भू-उपग्रह प्रविधि प्रयोगको तयारी गर्दैछौँ: मन्त्री पुन

काठमाडौँ, ३१ भदौ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विपद्का समयमा उद्धार तथा राहत व्यवस्थापनमा एआईको प्रयोगदेखि ड्रोन उत्पादनसम्मको तयारी भइरहेको बताएका छन्।  आज बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले कृत्रिम बुद्धिमत्ता (एआई) र भू-उपग्रह प्रविधिमा आधारित पूर्वचेतावनी प्रणाली विकास गर्ने तयारी भइरहेको जानकारी दिए । विपद्सम्बन्धी अवस्थाको वास्तविक समयमै निगरानी…