काठमाडौँ, २५ असार । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालको पछिल्लो राजनीतिक परिवर्तनलाई केवल सत्ता परिवर्तनको रूपमा नभई आर्थिक–सामाजिक अन्तर्विरोधबाट उत्पन्न असन्तोषको परिणाम भएको बताएका छन् । पोखरेलले आम निर्वाचन २०८२ मा नयाँ शक्तिको उदय जनताको सुशासन, रोजगारी र भ्रष्टाचार नियन्त्रणप्रतिको अपेक्षासँग जोडिएको उल्लेख गर्दै लोकप्रियतावाद, अवसरवाद र अराजकतावादको जगमा उभिएको नयाँ शक्ति दीर्घकालसम्म टिक्न नसक्ने…