लोकप्रियतावादी राजनीति मुलुकका लागि घातक : नेता पुन

रोल्पा, ७ फागुन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले लोकप्रियतावादी राजनीति मुलुकका लागि घातक हुन सक्ने बताएका छन् । गृह जिल्ला रोल्पाको लिवाङमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा रोल्पाबाट नेकपाका प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका पुनले स्पष्ट विचार, दृष्टिकोण र गन्तव्यबिनाको राजनीतिले मुलुकलाई सही दिशा दिन नसक्ने बताएका हुन् । पुनले भने, ‘काठमाडौंमा संघीयताको विरोध…