रक्षाबन्धन राष्ट्रिय एकता, सद्‌भाव र भाइचारा अभिवृद्धिको पर्व : सभामुख

काठमाडौँ, ३ भदौ । सभामुख देवराज घिमिरेले रक्षाबन्धनले नेपालीबीच राष्ट्रिय एकता, सद्‌भाव र भाइचारा अभिवृद्धिमा मद्दत पुर्याउने बताएका छन् । श्रावण शुक्ल पूर्णिमाका दिन हिन्दू धर्मावलम्बीहरुको महान पर्व रक्षाबन्धन (जनैपूर्णिमा) को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सु–स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै उनले भने, “धार्मिक एवं सांस्कृतिक पर्व रक्षाबन्धनले नेपालीबिच राष्ट्रिय एकता,…