काठमाडौँ, २६ पौष । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन कार्यक्रमअन्तर्गत आज उम्मेदवारको नामावली प्रकाशन गर्दै छ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम भोलि उम्मेदवारले नाम फिर्ता लिने तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । पौष २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ । आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म…