काठमाडौँ, ३१ असार । प्रतिनिधिसभाको ठूलो दल कांग्रेसको समर्थन पाएका एमाले अध्यक्ष केपी शर्मा ओली चौथोपल्ट प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई आइतबार साँझ प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीले सोमबार ११ बजे शपथ लिँदै छन् भने उनीसँगै मन्त्रिपरिषद्का अन्य सदस्यलाई पनि शपथ खुवाउने तयारी छ । ‘सम्माननीय…