काठमाडौँ, ३२ जेठ । ‘गिरीबन्धु टि इस्टेट’ वा अन्य कुनै कम्पनीले भोगचलन गरेको हदबन्दीभन्दा बढीको जग्गा बिक्री नै गर्न दिने प्रबन्धसहितको विधेयक संसद् पुगे पनि छलफल सुरु भएको छैन । लगानी सम्मेलनको पूर्वसन्ध्यामा सरकारले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न’ अध्यादेश ल्याएको थियो । यो अध्यादेश प्रतिस्थापन गर्न सरकारले संसद्मा विधेयक दर्ता गराए पनि प्रमुख प्रतिपक्षसहित…