कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौँ, १८ पौष । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिए । बैठकमा महाधिवेशन विवादबारे छलफल हुने नेताहरूले बताएका छन् ।  बिहीबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त रूपमा विज्ञप्ति जारी गरेर नियमित महाधिवेशन स्थगित गरेका थिए…