काठमाडौँ, २५ माघ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । बिहान ८ः३० बजे जुममार्फत बैठक बस्ने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । बैठकका लागि तीन वटा एजेन्डा तय गरिएको छ । जसअनुसार नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका–०८२, नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–०८२ र केन्द्रीय अनुशासन समिति गठन सम्बन्धी…