राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौँ, २६ माघ । सङ्घीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो सवा १ बजे बस्नेछ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले सामाजिक सञ्जाल विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।…