चिनियाँ राजदूत र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

काठमाडौँ, १५ फागुन । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । चाङले आज सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गरेका हुन् । प्रधानमन्त्री कार्कीले नवनियुक्त राजदूतलाई बधाइ ज्ञापन गर्दै कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गरेकी उनको सचिवालयले जानकारी दिएको छ । प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने र दुई देशबीचको मित्रवत्…