आर्थिक मुद्दामा सबै राजनीति दलहरूको एउटै धारणा हुनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौँ, १७ फागुन । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आर्थिक मुद्दामा सबै राजनीति दलहरूको एउटै धारणा हुनुपर्ने बताएका छन् । आज राज्यव्यवस्था तथा सुशासन समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले कोभिडपछि र रूस–युक्रेन युद्धले विश्वको अर्थतन्त्रमा प्रभाव परेको भन्दै उनले अहिले नयाँ व्यवसाय सुरु गर्न कन्फिडेन्स व्यवसायीमा नभएको बताए । उनले भने, 'निजी क्षेत्रलाई…