नेपाली छुटाउन युक्रेनसँग संवाद सुरु

काठमाडौँ, ५ पौष । युक्रेनी सेनाको नियन्त्रणमा रहेका चार नेपालीको रिहाइका लागि नेपालले कूटनीतिक पहल सुरु गरेको छ । रुसी सेनामा कार्यरत नेपालीलाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको दुई महिनाअघि खुले पनि बल्ल सरकारले उनीहरूको रिहाइका लागि कूटनीतिक पहल थालेको हो । परराष्ट्र मन्त्रालयका अनुसार नेपालले युक्रेनी पक्षसँग कुराकानी गर्न चाहे पनि बेवास्ता गर्दै आएको थियो । तर मंगलबार…