रौतहट, ३० मंसिर । गुजरा नगरपालिका–२ मैराका सूर्यबहादुर सार्की उमेरले ७४ टेके । यसबीचका ३४ वर्ष त संघीय राजधानी काठमाडौं धाउँदैमा बितेको छ । उनी रहरले राजधानी धाएका होइनन् । न्यायको धिपधिपे आशा बोकेर राजधानी धाउँदाधाउँदै आफैं निभ्न लागिसके । उनको जीवनमा आइपरेको यो बाध्यतामा २२ वर्षीय छोरा रणबहादुरको मृत्युको कथा छ । घटना २०४६ चैत २७ गतेको हो । निरंकुश…