अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि संसदबाट छानबिन हुनुपर्छ : रामकुमारी झाँक्री

काठमाडौँ, २७ जेठ । राष्ट्रियसभा सदस्य तथा नेकपा (एमाले) नेतृ रामकुमारी झाँक्रीले अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि उठेका आरोपहरूको निष्पक्ष छानबिन संसद वा संसदले गठन गरेको स्वतन्त्र समितिबाट हुनुपर्ने बताउनुभएको छ। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै झाँक्रीले आरोप लागेको व्यक्तिले आफैंले छानबिन गराउनु उचित नहुने भन्दै निष्पक्ष र विश्वसनीय अनुसन्धानको माग गर्नुभएको हो। “तपाईंलाई आरोप लागेको छ, तपाईंमाथि प्रश्न…