गोरखा, १ पौष । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनले देशको विकास र समृद्धिका लागि जनताको तागत आवश्यक रहेको बताएका छन् । सोमबार गोरखाको गण्डकी गाउँपालिकामा आयोजित नेपाली कम्युनिस्ट पार्टीको पालिकास्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट देशलाई अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए । देशको आमूल परिवर्तनका लागि…