दक्षिण कोरियाका पूर्वराष्ट्रपति लीलाई १७ वर्ष जेल सजाय

एजेन्सी, १४ कार्तिक । दक्षिण कोरियाली पूर्वराष्ट्रपति ली म्युङ वाकलाई सर्वोच्च अदालतले बिहीबार भ्रष्टाचार अभियोगमा १७ वर्ष जेल सजाय तोकेको छ । सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति रहेका अनुदारवादी नेता लीलाई उनकै अनुरोधमा मुद्दाको फैसला नहुँदासम्म धरौटीमा रिहा गरिएको थियो । फैसलाको पर्खाइमा रहेका लीले आफ्ना विश्वासपात्रमार्फत् आर्थिक अनियमितता गरेको आरोप लागेको थियो ।…