मस्को, २९ साउन । रुसको सेनाले पूर्वी युक्रेनको डोब्रोपिलिया नजिकका दुई गाउँ नियन्त्रणमा लिएको दाबी गरेको छ । डोब्रोपिलिया पूर्वी युक्रेनको एउटा पुरानो कोइला खानी क्षेत्र हो, जुन हालसम्म युक्रेनी सरकारको नियन्त्रणमै रहेको छ । रुसी रक्षा मन्त्रालयले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा भनिएको छ,“डोनेट्स्क जन गणराज्य अन्तर्गत पर्ने सुवोरोभो र निकानोरीभका बस्तीहरू मुक्त गरिएको…