रुसमा म्यासेजिङ एपमाथि कडाइ

एजेन्सी, २९ माघ । रुसले देशभित्र ह्वाट्सएपलाई पूर्ण रूपमा रोक्ने प्रयास गरेको कम्पनीले जनाएको छ । क्रेमलिनले म्यासेजिङ एपहरूमाथि लगातार प्रतिबन्ध कडा बनाइरहेको छ । मेटा कम्पनीको स्वामित्वमा रहेको ह्वाट्सएपले यो कदमको उद्देश्य रुसमा रहेका १० करोडभन्दा बढी प्रयोगकर्तालाई सरकारी निगरानी एपतर्फ धकेल्नु रहेको बताएको छ ।रुसी नियामकहरूले टेलिग्राममा पहुँच थप कडाइ गरेको घटनापछि यो कदम आएको…