काठमाडौँ, ६ जेठ । भारतमा कोरोना भाइरस (कोभिड–१९) को कुल संक्रमित संख्या १ लाख नाघेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ३२८ पुगेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ । त्यहाँ साेमबार एकैदिनमा ४ हजार ६३० नयाँ संक्रमित थपिएका छन् । हालसम्म कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३ हजार १५६ पुगेको छ…