रेल दुर्घटना : ६ जनाको मृत्यु, सयौ घाइते

एजेन्सी, २० माघ । भारतको बिहारमा रेल दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । आइतबार बिहान जोगबनीबाट आनन्द बिहार जाँदै गरेको सीमाञ्चल एक्सप्रेसको रेल बैशाली भन्ने स्थानमा दुर्घटना भएको हो । रेलका नौ डिब्बा लिकबाट उछुट्टिएका छन् । दुर्घटनामा धेरै यात्रु घाइते भएको जानकारी दिएका छन् । धेरै यात्रुहरु डिब्बामा फसेका छन् ।…