श्रीलंकाको संसद बैठकमा सांसदहरुबीच भीडन्त

कात्तिक २९, काठमाडौं । श्रीलंकाको संसदमा प्रधानमन्त्री महिन्दा राजापाक्षे समर्थक र विरोधी सांसदहरुबीच कुटाकुट भएको छ । आज बिहीबारको संसद बैठकमा संसदले ध्वनिमतको आधारमा प्रधानमन्त्री महिन्दा राजापाक्षेविरुद्ध अविश्वास प्रस्ताव पारित गरेको विरोधमा राजापाक्षे समर्थक सांसदले नाराबाजी गर्दै सभामुखलाई आक्रमण गर्न थालेपछि कुटाकुट भएको जनाएको छ । राजापाक्षेका समर्थकहरुले अविश्वास प्रस्ततावमाथि निर्णय गर्न मतदानमा जानुपर्ने बताएपछि…