भदौ ८, एजेन्सी । अष्ट्रेलियाको लिबरल पार्टीले स्कट मोरिसनलाई नयाँ प्रधानमन्त्रीको रुपमा चुनेको छ । अष्ट्रेलियाको ३० औं प्रधानमन्त्री चुनिएका मोरिसनले प्रतिद्वन्द्वी पिटर डटनलाई गोप्य मतदानमा ५ मतान्तरले पराजित गरेका हुन् । पार्टीका कोषाध्यक्ष मोरिसनले ४५ मत प्राप्त गर्दा पूर्व गृहमन्त्री डटनले ४० मत मात्रै प्राप्त गरे । अर्की प्रतिद्वन्द्वी जुली बिसप भने पहिलो चरणबाटै बाहिरिएकी…