गाजा, ११ चैत । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा जारी इजरायली सैन्य आक्रमणमा ५० हजारभन्दा बढी प्यालेस्टिनीहरू मारिएका छन् । मन्त्रालयले गाजामा कुल ५०,०२१ जनाको मृत्यु भएको बताएको हो । यो युद्ध अघि गाजाको २३ लाख जनसंख्याको लगभग २.१ प्रतिशत हो, वा प्रत्येक ४६ जनामा १ जना हो । मन्त्रालयका अनुसार युद्धमा हालसम्म १ लाख १३ हजार…