काठमाडौँ, २० माघ । साउदी अरबमा भएको दुर्घटनामा तीन नेपालीसहित १५ जनाको मृत्यु भएको छ । दुर्घटनामा भारतका नौ र घानाका तीन जना नागरिकले पनि ज्यान गुमाएका छन् । साउदीको पश्चिम क्षेत्र जिजानको आराम्को रिफाइनरी रोडनजिकै गएको सोमवार कामदार चढेको गाडी र ट्रेलर आपसमा ठोक्किँदा उनीहरूको ज्यान गएको हो । जेद्दामा रहेको नेपाली महावाणिज्य दूतको कार्यालयका अनुसार दुर्घटनामा…