ट्रम्पको चुनावी र्‍यालीमा गोली चल्यो

पेन्सिलभानिया, ३० असार । अमेरिकी राष्ट्रपति पदका उमेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी एक चुनावी र्‍यालीमा शनिबार (नेपाली समयअनुसार आइतबार बिहान) गोली चलेको छ । पेन्सीलभानियाको बटलरमा भएको र्‍यालीमा गोली चले पनि पूर्वराष्ट्रपति ट्रम्प सकुशल भएको बताइएको छ । उनी मञ्चमा बोल्दै गर्दा ठूलो आवाज सुनिएको र लगातार गोली चलेको प्रत्यक्षदर्शीले बताएका छन् । ट्रम्पलाई…