गाजामा मानवीय सहयोग प्रवेश गर्न नदिने इजरायलको घोषणा 

काठमाडौँ, ४ वैशाख । इजरायलले युद्धबाट प्रभावित प्यालिस्टाइनको गाजा पट्टीमा मानवीय सहयोगका सामग्रीहरू प्रवेश गर्न नदिने बताएको छ ।  इजरायलले मार्च २ देखि नै गाजामा खाद्यान्न, इन्धन, पानी र औषधिलगायत सहयोग सामग्रीहरू प्रवेश गर्न रोक लगाएको छ । यो पछिल्लो युद्धविराम भंग हुनुभन्दा दुई हप्ताअगाडिको घटना हो । युद्धविराम भंग भएपछि इजरायलले गाजामा पुनः आकाश र…