तेहरान, ७ जेठ । इरानका राष्ट्रपति इब्राहिम रहिसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहिन चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । इरानका गृहमन्त्री अहमद वाहिदीले दुवैजना हेलिकोप्टरमा सवार भएको पुष्टि गरेका छन् । उक्त हेलिकोप्टरमा इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमति समेत अन्य व्यक्ति पनि सवार भएको जनाइएको छ । इरानको सरकारी मिडियाका अनुसार उडानको समयमा…