प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिनबीच भेटवार्ता

एजेन्सी, २५ असार । सोमबार मस्को पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री मोदीले सोसल मिडिया प्लेटफर्म एक्सको ह्यान्डलमा भेटका केही तस्बिरहरू पोस्ट गरेका छन्। यी तस्बिरहरूसँग मोदीले लेखेका छन्, ‘नोभो-ओगार्योभोमा राष्ट्रपति पुटिनको आतिथ्यताका लागि कृतज्ञ छु । मंगलबार पनि हाम्रो वार्ताको प्रतीक्षा गर्दै, जुन भारत र रुसबिचको…