भारतीय प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको सूचना दर्ता

एजेन्सी, १० साउन । भारतीय कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अविश्वास प्रस्तावको सूचना दर्ता गराएको छ । अविश्वास प्रस्तावको सूचनालाई दर्ता गराउनका लागि सभाका अध्यक्ष ओम बिरलाले स्वीकृति दिएका बीबीसी हिन्दीले जनाएको छ । कांग्रेसका सचेतक मनिकम टेगोरका अनुसार विपक्षी दलको तर्फका कांग्रेसका सांसद गौरव गोगोईले अविश्वासको प्रस्ताव पेस गर्नेछन् । अविश्वासको प्रस्तावमा सबै विपक्षी सांसदको समर्थन…