फिलिपिन्समा ७.१ म्याग्निच्युडको भूकम्प

एजेन्सी, ११ साउन । फिलिपिन्सको डोलोरेस नजिक ७.१ म्याग्निच्युडको भूकम्प गएको छ । राजधानी मनिलामा समेत भूकम्पको कडा धक्का महसुुस गरिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । अमेरिकी भौगर्भिक सर्वेका अनुसार भूकम्पको केन्द्रविन्दु डोलोरेसबाट ११ किलोमिटर दक्षिणपूर्वमा रहेको छ । अमेरिकी भौगर्भिक सर्वेले ७.१ म्याग्निच्युटको भूकम्प गएको जनाएपछि कतिपयले ७.३ म्याग्निच्युट रहेको उल्लेख गरेका छन्…