एजेन्सी, २ माघ । इन्डोनियामा शुक्रबार बिहान ६.२ म्याग्नेच्युडको भूकम्प गएको छ । उत्तरपूर्वी शहर म्याजेनेबाट ६ किलोमिटर टाढा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी अहिलेसम्म ३ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । सात सेकेन्डसम्म जमिन हल्लिएपछि आत्तिएका मानिसहरू घर छोडेर बाहिर निस्किएका थिए । इन्डोनेसियाको विपद् नियन्त्रण एजेन्सीले एउटा होटल र वेस्ट सुल्वेसीका…