इटालीमा पुन: लकडाउन

रोम, १ चैत । क्रिश्चियनहरूको पवित्र पर्व इस्टरका समय कोरोनाभाइरसको संक्रमण फैलिन सक्ने भन्दै इटालीका प्रधानमन्त्री मारियो ड्रागीले नागरिकहरूलाई सावधानी अपनाउन आग्रह गरेका छन् । प्रधानमन्त्री ड्रागीले आगामी ३–५ अप्रिलमा पूर्ण रूपमा मुलुक बन्द गरिने घोषणा गरेका छन् । एक वर्षअघि राष्ट्रिय लकडाउन गरेको इटालीमा संक्रमण फैलिँदो क्रममा रहेपछि संक्रमण रोक्न फेरि संघर्ष गर्नुपरेको अधिकारीहरूले…