काठमाडौँ, २५ असार । प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको महत्वपूर्ण आधार भएकाले यस क्षेत्रका समस्याको समाधान गर्न सरकार सकारात्मक रहेको बताएका छन् ।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निर्माण क्षेत्रका समस्या समाधान, भौतिक पूर्वाधार विकास, लगानी वातावरण सुधार तथा आर्थिक सुधारका विषयमा नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग छलफलमा उक्त क्षेत्रका समस्याको समाधान गर्न सरकार सकारात्मक रहेको बताएका हुन ।
उनले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणका काम निर्धारित समयमै सम्पन्न गर्न सरकार र निजी क्षेत्रसहित सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेकोमा जोड दिए ।
छलफलमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेश उपाध्यक्ष बालकृष्ण थापा तथा महासंघका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी थिए।










प्रतिक्रिया दिनुहोस्