काठमाडौँ, ७ भदौ । जय नेपाल पार्टी गठन गरेका धवलशम्शेर राणा र पूर्वराजा ज्ञानेन्द्र शाहबीच भेटवार्ता भएको छ ।
राणाले शनिबार ‘हिमानी ट्रस्ट’को कार्यक्रममा सहभागी भएपछि पूर्वराजा शाहसँग भेटवार्ता गरेको जानकारी दिए । राणाले आज बिहान सामाजिक सञ्जालमार्फत भेटको तस्बिर सार्वजनिक गर्दै भेट फलदायी रहेको उल्लेख गरेका छन् ।
उनले भेटमा के–के विषयमा छलफल भयो भन्नेबारे भने विस्तृत जानकारी दिएका छैनन् ।










प्रतिक्रिया दिनुहोस्