काठमाडौँ, २५ भदौ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ४६ शाखा अधिकृतको सरवा गरेको छ ।
सिंहदरबारमा कार्यरत केही अधिकृतहरूलाई दुर्गमका गाउँपालिकाहरूमा पठाइएको हो । पालिकाका अधिकृतहरू सरुवाको सूचीमा बढी छन् । सिंहदरबारबाट पठाइएकाहरू पनि पालिकामा सरुवा गरिएका धेरै छन् । दुर्गमका पालिकामा काम गरिरहेका अधिकृतहरूलाई विभाग तथा मन्त्रालयमा पनि सरवा गरिएको छ ।
यसअघि, यही भदौ २२ गते २५ उपसचिवको सरुवा गरिएको थियो । सरुवा गरिएका उपसचिवहरू नगरपालिकामा पठाइएका वा त्यहाँबाट सरुवा हुने धेरै थिए ।










प्रतिक्रिया दिनुहोस्