राजनीति

कानुनमन्त्री सोविता गौतमले सार्वजनिक रूपमा माफी माग्नुपर्छ : सांसद झाँक्री



काठमाडौँ, २५ भदौ । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै कानुनमन्त्री सोविता गौतमप्रति आपत्ति जनाएकी छन् ।

बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै झाँक्रीले राष्ट्रिय सभाले अहिलेसम्म कति विधेयकमा काम गरेको छ भन्ने विवरण सार्वजनिक गर्न माग गरिन् । केही दिनअघि कानुनमन्त्री गौतमले राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नभएका कारण जनताले चाहेजस्तो कानुन निर्माण गर्न नसकिएको टिप्पणी गरेकी थिइन् । त्यसप्रति आपत्ति जनाउँदै झाँक्रीले राष्ट्रिय सभालाई दोष देखाएर सरकारको कमजोरी ढाक्न खोजिएको बताइन् ।

उनले भनिन्, ‘कानुनमन्त्रीको अभिव्यक्तिको विषयमा ध्यानाकर्षण गराउन चाहन्छु। राष्ट्रियसभामा यो सरकारले कति कानुन दर्ता ग¥यो रु प्रतिनिधिसभाबाट कति कानुन प्रतिवेदनसहित आए र हामीले कति कानुनमा काम ग¥यौँ, त्यसको विवरण राष्ट्रिय सभाले सार्वजनिक गरोस् र यस्तो झुटो खबर जनताको बीचमा पु¥याउने कानुनमन्त्रीलाई सरकारले कारबाही गरोस्। यदि हामीले कानुन रोकेका छौँ भने त्यसकाप्रति जनताले दण्डित हामीलाई गर्ने नै छन्। त्यसकारण राष्ट्रियसभाको हौवा देखाएर वा आफ्नो प्रतिनिधित्व छैन भन्ने देखाएर आफ्नो अयोग्यता छोप्ने छुट छैन ।’

झाँक्रीले कानुनमन्त्री संसद्को सदस्यसमेत भएकाले उनको अभिव्यक्तिप्रति राष्ट्रिय सभाबाटै सार्वजनिक माफी माग्न लगाउनुपर्ने माग गरिन् । ‘कानुनमन्त्री हाम्रो सम्पर्क लियाजो मन्त्री पनि हो । उहाँको अभिव्यक्तिप्रतिको सार्वजनिक माफी पनि सभाबाट नै माग्नको लागि राष्ट्रियसभाले रुलिङ गरोस् भन्न चाहन्छु,’ उनले भनिन् ।